गठबन्धन उम्मेदवार कोपिला रानाभाटको प्रतिवद्धता: ‘अनियमित र भ्रष्टाचार हुने छैन’
कास्की | बैशाख १६, २०७९
पोखरा: पाँच दलीय गठबन्धको तर्फबाट पोखरा महानगरको उपमेयरका प्रत्यासी बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाटले अनियमितता र भ्रष्टाचारको विरुद्धमा लड्ने प्रतिवद्धता गरेकी छिन् ।
पोखरामा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै रानाभाटले आफ्नो प्रतिवद्धता जनाएकी हुन् ।
‘पूर्वाधार विकास निर्माणको कामहरु उपमेयरको क्षेत्राधिकारमा पर्छ । त्यसको अनुगमनको काम उपमेयरको हुनेछ, उनले भनिन्, ‘मलाई राजनीतिमा धन कमाउनु छैन । स्पष्ट निष्ठाको राजनीति गरिरहदा मलाई घर सम्हाल्नु छैन । त्यसैले म कुनै पनि भ्रष्टाचार र अनियमित काम हुन दिनेछैन । मैले स्पष्ट रुपमा आफ्नो कर्तव्यहरु पुरा गर्नेछु भन्दै यहाँहरु समक्ष प्रतिवद्धता जनाउन चाहान्छु ।’
कुनै पनि स्थानीय निकायको उपप्रमुख न्यायिक समितिको संयोजक रहने प्रावधान रहन्छ ।
उपमेयरकी उम्मेदवार रानाभाटले आफु उपमेयरमा निर्वाचित भएको खण्डमा न्यायिक समितिको संयोजकको हैसियतमा रहेर निष्पक्ष न्याय प्रदान गर्नै वचनबद्ध गरिन् । ‘मेरो क्षेत्राधिकार भित्र पर्ने भनेको संवैधानिक न्यायिक मञ्च हो । महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई म अनुरोध गर्दछु कि मेरो टेबुलमा आएका मुुद्धाहरु अदालतसम्म पुुर्याउने अवस्था ल्याउने छैन, उनले भनिन्, ‘र न्यायिक रुपमा पनि छिटो भन्दा छिटो न्याय प्रदान गरेर सबै जनताहरुलाई सुलभ किसिमको न्याय दिनेछु भन्ने प्रतिवद्धता जनाउछु ।’
उनले फरक प्रसंगमा बोल्दै गठबन्धन पाँच पार्टीको मात्रै नभई प्रतिगामीको विरुद्धमा भएको तर्क दिईन् ।
‘जब देश संकटमा गयो । राष्ट्रियता स्वाधिनता गुम्ने आशय भयो तब भिन्दाभिन्दै पार्टीका नीति र सिद्धान्त भएका सबैमनहरु एक ठाउँमा साझा उद्देश्यका लागि आउनुपर्याे, रानाभाटले भनिन्, ‘यो हाम्रो बाध्यता हो । समयको माग हो । नेपाल र नेपालीको आवश्यकता हो ।’
उनले गठबन्धनबाट स्वच्छ छवीका उम्मेदवारलाई अघि सारेको बताउदै विचलन हुन नपर्ने बताईन् । ‘हामीले कुनै त्यस्तो उम्मेदवार दिएर हिडेका छैनौ । जसलाई हामी धर्मराउन परोस् । आज हामी धुक्कासाथ गर्वका साथ धनराज आचार्यलाई साथमा लिएर हिडेका छौ, उनले भनिन्, ‘कसैले पनि उहाँको बारेमा धर्मराउनपर्ने अवस्था छैन । त्यसैले गठबन्धन अहिलेको मात्रै पनि होईन । खाली हामी मेयर र उपमेयर जित्नुको लागि होईन । हामी चाहान्छौ । स्थानीय, प्रदेश र संघीय निर्वाचनसम्मै जाओस ।’
पोखरा महानगरपालिकाको उपमेयरका उम्मेदवार बनेकी रानाभाट अहिले नेपाली कांग्रेस गण्डकी प्रदेशकी सहमहामन्त्री हुन् ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

